आजको मौसम

काठमाडौँ, ११ फागुन । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका केही पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा  रहेको छ । आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य  पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही…