भरुवा बन्दुकसहित एक जना पक्राउ

इनरुवा, २८ फागुन । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कोसीको पूर्वी किनारको खयरघारीबाट एक जनालाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । बिहीबार वन्यजन्तुको सिकार गर्ने क्रममा उदयपुर बेलका नगरपालिका–९ का २२ वर्षीय सुमन राईलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलको टोलीले उनलाई पक्राउ गरेको र अन्य चार जना भने फरार रहेको जनाएको…