टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ, ९ माघ । काठमाडौँको टोखा नगरपालिका-३ मा टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बा ४ ख ३१०७ नम्बरको टिप्पर र वाग्मती प्रदेश ०२ ०२२ प २०४२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गोङ्गबुका १७ वर्षका सञ्जीव महर्जनको मृत्यु भएको हो । महर्जनको उपचारका क्रममा शिक्षण अस्पतालमा…