दुर्लभ वन्यजन्तु रातो हाब्रे सङ्कटमा

फुङलिङ, १५ पौष । ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा लागेको रेडपाण्डा (रातो हाब्रे)को चरन तथा बासस्थान डढेलोले खरानी बनाएपछि सङ्कटमा परेको छ । छ दिनदेखि शुरु भएको डढेलो नियन्त्रणमा आउन नसक्दा पाथीभरा क्षेत्रको अनुमानित ९० हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयका फोरेस्टर फुपुग्याबु शेर्पाले जानकारी दिनुभयो । डढेलो फैलिने क्रम जारी रहेकाले कति वन…