कम्प्युटर अपरेटर घुससहित पक्राउ

काठमाडौँ, २९ पौष । काठमाडौँको बालाजुस्थित आन्तरिक राजस्व कार्यालयका कम्प्युटर अपरेटर घुस रकमसहित पक्राउ परेका छन् । सेवाग्राहीसँग ४३ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्प्युटर अपरेटर राजन शर्मालाई बालाजुस्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका सञ्चालक सन्तोष…