बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु

मकवानपुर, २५ पौष । हेटौँडा उपमहानगरपालिका-१५ चुरियामाईमा बस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएकाे छ । गएराति सडक क्षेत्रमा हुस्सु लागेको समयमा चुरियामाई मन्दिर नजिकको उकालोमा ना ६ ख ६९६३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६३ प १५० नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकलको पछाडि रहेकी हेटौँडा–३ बस्ने ४३ वर्षीया देवी लामाको मृत्यु भएको हो ।…