काठमाडौँ, २५ असार । म्याग्दीको मालिका गाउँपालिका–३, लुप्सीपारमा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । प्रहरीका अनुसार आज दिउँसो लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको पहिरोमा पुरिएर मृत्यु भएको हो । उनका छोरा अन्दाजी १३ वर्षका सरोज विक बेपत्ता रहेका छन् । घर नजिकैको बारीको पाखामा घाँस काट्ने क्रममा अचानक माथिबाट…