लमजुङ, २६ कार्तिक । लमजुङमा १४ जना जुवाडेलाई प्रहरीले साढे एघार लाख रुपियाँसहित पक्राउ गरेको छ । लमजुङको मध्यनेपाल नगरपालिका–१ सरेदीमा रहेको एक कृषि फर्मबाट तास खेलिरहेको अबस्थामा लमजुङको सुन्दरबजार– ४ बस्ने ३९ वर्षीय देवदोङ, सोही नगरपालिका– ९ बस्ने ५० वर्षीय रामबहादुर गुरुङ, सोही नगरपालिका– ७ को ५० वर्षीय कृष्णबहादुर अधिकारी, ३० वर्षीय गोरबहादुर गुरुङ…