आजदेखि बीपी राजमार्गमा थप एक महिना राति गाडी चलाउन रोक

काठमाडौँ, २२ असार । बीपी राजमार्गमा आजदेखि थप एक महिना रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ । बीपी राजमार्गअन्तर्गत काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म बेलुका साढे ६ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि गाडी चलाउन रोक लगाउने निर्णय भएको हो । रातमा साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको…