भक्तपुर, १७ असोज । भक्तपुरको मध्यपुरथिमि–१ लोहकिल्थलीमा कोरोनाबाट एक पुरुषको मृत्यु भएको छ । आज बिहान घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती पुरुषको पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको परिवारले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसमेत रहेका उनको पाँच दिनअघि कोरोना पुष्टि भएका थियो । मृतक पुरुष निमोनियाका पुराना बिरामी भएको परिवारले जनाएको छ…