मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ, १९ असार । तारकेश्वरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार तारकेश्वर नगरपालिका-३ पाँचमानेका नवीन घिमिरले चलाएको बा७४प ४००५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही नगरपालिका-८ भेटघाट चोकका करिब ७० वर्षीय कुलबहादुर आचार्यको मृत्यु भएको हो । सवा ८ बजे मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका आचार्यलाई उपचारको लागि सिटी अस्पताल हुँदै…