जनकपुरधाम, २० भदौ । सिरहामा रोकिराखेको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । सिरहा प्रहरीका अनुसार शुक्रबार राति ८ बजेतिर सिरहा चौहर्वा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका ५ मा बिग्रिएर रोकिराखेको ज १ त ४३२९ नम्बरको ट्याक्टरमा चौहर्वाबाट सिरहातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो…