आज कहाँ कहाँ थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौँ, ७ साउन । थप १०० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै सप्तरीमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै दैलेखका १६, डोटी र लमजुङका ७ जना, कालीकोट र पर्साका ६/६ जना, धनुषाका ५ र सुनसरीका चार जनामा संक्रमण पुष्टि भएको छ…