काठमाडौँ, १३ साउन । थप ३११ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज काठमाडौँ उपत्यकामा मात्र ५३ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये ४८ जना काठमाडौँ जिल्लाका छन् भने चार जना ललितपुर र एक जना भक्तपुरका छन् । यस्तै…