दाङ, २३ असार । तुलसीपुर उपमहानगरपालिका–७ नयाँबस्तीबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । प्रहरीका अनुसार नयाँबस्ती बस्ने ३६ वर्षीय प्रेम बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनार सहित १० जनालाई आइतबार राति पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई २ लाख २५ हजार रुपैयाँ नगद र ४ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो ।…