रौतहट, १० असार । दश वर्षअघि यात्रु बोकेको बसमा बम विस्फोट गराएको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटले दुई जनालाई पक्राउ गरेको छ । २०६७ साल चैत्र ११ गते गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना२ख ५७२१ नम्बरको यात्रुबाहक बसमा विष्फोट हुँदा १३ जना घाइते भएका थिए । पक्राउ पर्नेमा इशनाथ नगरपालिका रामपुरखापका शेख गुलाम सरवर र दिलीपकुमार…