नौ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण

काठमाडौँ, ४ जेठ । कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रपङ्तीमा खटिएका सुरक्षाकर्मीमध्ये शनिबारसम्म नौजना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिन थालेपछि चारवटै सुरक्षा निकायले कार्य क्षेत्रमा खटिँदा उच्च सतर्कता अप्नाएर काम गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । शनिबार नेपाली सेनाका दुई जवानमा पहिलो पटक कोरोना सङ्क्रमण भेटिएको सेनाले जनाएको छ…