धादिङ, २४ चैत । आइतबार जिल्ला प्रहरी कार्यालय धादिङले लकडाउनको अवज्ञा गर्ने जिल्लाका विभिन्न स्थानबाट प्रहरीले २४ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमध्ये २३ वटा मोटरसाइकल र एउटा बस रहेका छन् । सवारी साधनका चालकहरुलाई आवश्यक कारवाही गरी छाडिएको धादिङ प्रहरीले जनाएको छ ।