विदेशी पाइलटलाई बिदाइ

काठमाडौँ, १ चैत । सरकारले यस पटकको वसन्तकालीन हिमाल आरोहणलगायतका पर्यटकीय गतिविधिमा रोक लगाएपछि नेपाली हेलिकप्टर कम्पनीहरूले विदेशी पाइलटलाई बिदाइ गरेका छन् । चार्टर उडान घटेपछि १५ वटा हेलिकप्टर ग्राउन्डेड गरिएको छ । वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार यो सिजनका लागि राखिएका १५ जना विदेशी पाइलटलाई बिदाइ गरिएको छ । नेपालमा १० वटा निजी हेलिकप्टर कम्पनीका…