काठमाडौँ, ५ फागुन । काठमाडौँ उपत्यकामा बितेको २४ घण्टामा ट्राफिक नियम उलंघन गर्ने २५ सयभन्दा बढी चालक कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार फुटपाथमा पार्किङ गर्ने २ सय ३९, लेन मिचेर चलाउने १ सय ६३, मादक पदार्थ सेवन गरी चलाउने ८१, जेब्राक्रसमा रोक्ने ४७, अनावश्यक अवस्थामा पनि हर्न बजाउने…