काठमाडौँ, १ फागुन । आजदेखि ९ महिनादेखि ५ वर्षमुनिका झण्डै ३० लाख बालबालिकालाई दिइने दादुरा र रुबेलाविरुद्धको खोप अभियान सुरु भएको छ । दुई चरणमा सञ्चालन हुने अभियानअन्तर्गत पहिलो चरणमा बिहीबारदेखि एक महिनासम्म प्रदेश १, २ र ५ मा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।…