काठमाडौँ, १० माघ । पाँच दिनपछि उनको विवाह हुँदै थियो । घरमा सामान जुटाउने र निम्तो बाँड्ने चटारो थियो । आफ्नो बिहेको निम्तो साथीहरूलाई दिन रमिता भट्ट कञ्चनपुर महेन्द्रनगरको जनज्योति टोल गएकी थिइन् । रमिताले साथीहरूलाई निम्तो त बाँडिन्, तर बिहे हुन पाएन । निम्तो बाँडेर महेन्द्रनगर बजारतर्फ फर्किरहेकी उनको बिहीबार साँझ टिपरको ठक्करबाट मृत्यु भयो । बैतडीको दशरथचन्द नगरपालिका–१…