काठमाडौँ, १७ माघ । नेपाल सरकारले प्रशोधित पाम आयलको प्रतिबन्ध खुलाउने पहल जारी राखेको छ । प्रतिबन्ध खुलाउन आग्रहसहित भारतलाई पत्र पठाएको केही दिनमै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालका लागि भारतीय कार्यवाहक राजदूत अजय कुमारसँग पनि छलफल गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, राज्यमन्त्री मोती दुगडसहित मन्त्रालयका प्रतिनिधिले बुधवार कार्यवाहक…