काठमाडौँ, २६ मंसिर । करिब एक महिनाअघिको कुरा हो । अछामका २१ बर्से पुरन तिमल्सिना साइबर अपराधमा समातिए । भारतमा बस्ने उनले आफ्नै गाउँकी एक युवतीको ‘फेक’ फेसबुक अकाउन्ट खोले । युवती र उनका बुवाको फोटोमा अश्लील फोटो जोडेर म्यासेन्जरमा युवतीका आफन्तलाई पठाउन थाले । काठमाडौंमा पढ्दै गरेकी युवतीलाई उनीमाथि शंका लागेपछि प्रहरीमा उजुरी गरिन्…