काठमाडौँ, ३ मंसिर । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले प्राविधिक टोलीले डीएनएलाई प्रमाण मान्न नसकिने ठहर गरेपछि अनुसन्धानमा सहज भएको बताएका छन् । दिलीपसिंह विष्टविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले दिएको किटानी जाहेरीबारे बुझ्न गएको टोलीसँग प्रजिअ वैद्यले दिलीपविरुद्ध दर्ता गरेको किटानी जाहेरी र प्राविधिक टोलीको प्रतिवेदनलगायतले अनुसन्धानमा सघाएको बताएका हुन् । कञ्चनपुरकी बालिका निर्मला पन्तको…