नेपाली सेनाबाट पाँच हजार बाढीपीडितको उद्धार

काठमाडौँ , ३१ साउन । नेपाली सेनाले अविरल वर्षाका कारण देशका विभिन्न भागमा विपत्तिमा परेकामध्ये हालसम्म पाँच हजार ६०० सर्वसाधारणको उद्धार गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार हालसम्म चार हजार ५०० जनाको स्थलगत तथा एक हजार १०० जनाको हवाई उद्धार गरिएको छ । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि स्थानीय…