प्रहरीसम्बन्धी दुई विधेयक पारित

काठमाडौँ, २६ भदौ । प्रतिनिधिसभाले पारित गरेको प्रहरीसम्बन्धी दुइटा विधेयकलाई बुधबार राष्ट्रिय सभाले पारित गरेको छ । प्रहरी कर्मचारी समायोजन तथा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयकमा राष्ट्रिय सभाले सामान्य संशोधन गरेर पारित गरेको हो । प्रतिनिधिसभामा उत्पत्ति भएको उक्त विधेयक पुनः प्रतिनिधिसभामा पठाइएको छ । राष्ट्रिय सभाले गरेको संशोधनलाई प्रतिनिधिसभाले स्वीकार…