हेटौंडा, १७ असोज । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका-१, चाइना क्वार्टरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतिको मृत्यु भएको छ भने उहाँका श्रीमान घाइते हुनुभएको छ । शुक्रबार बिहान नवलपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ८ ख ३८७२ नम्बरको ट्याङ्करले चाइना क्वार्टरबाट बजारतर्फ निस्कँदै गरेको ना ५६ प ४९३५ नम्बरको मोटरसाइकललाई ठक्कर उक्त दुर्घटना भएको हो ।…