बझाङ, १ असोज । बझाङबाट सुत्केरी बेथाले छटपटाई रहेकी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । साइपाल गाउँपालिका वडा नं. १ घर भएकी बर्ष २४ की रमादेवी बोहरालाई तीन दिनदेखी सुत्केरी बेथा लागेर बच्चा जन्माउन नसकेपछि मंगलबार नेपाली सेनाको हेलिकप्टरले काडाँ स्वाथ्य चौकीबाट जिल्ला अस्पताल ल्याएको छ । मौसम खराव भएका कारण सुरुमा हेलिकप्टर अवतरण गर्न…