आज देवता इन्द्रको पूजाआराधना गरी इन्द्रजात्रा मनाइँदै

काठमाडौँ, २७ भदौ । आज देवता इन्द्रको पूजाआराधना गरी उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाइँदै छ । विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा…