काठमाडौँ, १७ वैशाख । म्याग्दीका घुम्ती पशुगोठ हिमाली भेगका लेकतर्फ सार्न थालिएको छ । हिउँदयाममा चिसो छल्न र आहाराका लागि बेँसीका फाँटमा ल्याइएका भेडाबाख्रा र गाईभैँसीका गोठ लेकतर्फ लैजान थालिएको हो । धवलागिरि गाउँपालिका–१ गुर्जाका किसान नरबहादुर छन्त्यालले बेँसीबाट उकालो लागेका गोठ साउनमा हिमालको फेदीका बुकी पाटनमा पुर्याउने र असोजमा बेँसी झार्ने चलन रहेको बताउनुभयो…