शर्मीला पाठक काठमाडौँ, १५ असार । काठमाडौँ महानगरपालिकाले आजदेखि महानगरभित्रका ८८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई घरघरमा स्वास्थ्य सेवा सुरु गरेको छ । महानगरपालिकाभित्रका ज्येष्ठ नागरिकलाई जीवनप्रति सकारात्मक सोचको विकास एवम् उनीहरुमा भएका रोगको निदान गरी स्वस्थ्य जीवन बाँच्न प्रेरित गर्ने उद्देश्यले महानगरपालिकाले सो अभियान सुरु गरेको हो । अभियानको आज प्रमुख विद्यासुन्दर शाक्य थालनी…