काठमाडौँ, १३ साउन । १२ वर्षअघि हत्या गरी फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले काभ्रे आम्बोटेका राजेश लामालाई पक्राउ गरि आइतबार सार्वजनिक गरिएको हो । १२ वर्ष अघि मकवानपुरकी सुनिता लामालाई ललितपुरको ईमाडोलमा विभत्स हत्या गरी फरार लामालाई प्रहरीले गत साउन १० गते ललितपुरस्थित सानेपाबाट पक्राउ गरेको हो ।…