उम्मेदवार हुने र प्रचारप्रसार गर्ने नागरिक अधिकार कुण्ठित नगर्नुस्ः डा यादव

काठमाडौँ, २९ जेठ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रिय जनता पार्टी नेपाललगायत आन्दोलनरत राजनीतिक दललाई उम्मेदवार हुने र निर्वाचनको प्रचारप्रसार गर्ने नागरिक अधिकार कुण्ठित नगर्न आग्रह गर्नुभएको छ । प्रदेश नं २ को निर्वाचन तयारीको अनुगमन गरेर फर्केपछि आज सञ्चारकर्मीसँग कुरा गर्दै डा यादवले भन्नुभयो, आन्दोलन गर्ने लोकतान्त्रिक अधिकार भए पनि निर्वाचनको माध्यमबाटै…