समाचार

नगरपालिकाको वडा कार्यालयमा बम विस्फोट



झापा, २७ साउन । झापाको बिर्तामोड नगरपालिकाका वडाकार्यालयमा बम विस्फोट भएको छ ।

झापाको बिर्तामोड नगरपालिका वडा ७/८/९को संयुक्त वडा कार्यालयमा अज्ञात समुहले बम विस्फोट गराएको हो । । बम विस्फोटबाट वडाकार्यालयका झ्याल लगायतका केहि भागमा क्षति पुगेको छ ।

बम कस्ले गराएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ घटनाबारे थप विवरण आउँन बाँकी छ ।