ललितपुर महानगरपालिकाका एमालेका उम्मेदवारद्वारा मुद्दा

काठमाडौँ, १८ जेठ । पाटन उच्च अदालतमा स्थानीय तहको निर्वाचनमा आफूलाई बद्नियतपूर्वक हराइएको उल्लेख गर्दै ललितपुर महानगरपालिकामा एमालेबाट प्रमुखको उम्मेदवार बन्नुभएका हरिकृष्ण ब्यञ्जनकारले मुद्दा दर्ता गर्नुभएको छ । मतगणनाकै समयमा दिइएको पटकपटक निवेदनको सुनुवाइ नभएको, गणनाकार्यमा संलग्न कर्मचारीले धाँधली गरी कम्प्युटर इन्ट्रीको समयमा मत हेरफेर गरेका विषयमा रुजुसम्म गर्न नदिएको आरोप लगाइको छ । आफ्ना…