खोटाङ, ५ असार । खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार राति रावबेशी गाउँपालिका–३ ठुलोआलमा ट्याक्टर दुर्घटना हुँदा मोरङको मिक्लाजुङ गाउँपालिका–५ का २३ वर्षीय नविन भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ । चालक नभएको मौका पारी पार्किङमा राखेको ना ५ त ६६०० नम्बरको ट्याक्टर भुजेलले चलाउँदा पल्टिँएको थियो । ट्याक्टर अनियन्त्रीत…