बडालको स्वास्थ्य अवस्था बुझ्न केपी ओली अस्पतालमा

काठमाडौँ, ३० वैशाख । नेकपा एमाले, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष केशवप्रसाद बडालको स्वास्थ्य अवस्था अहिले सामान्य बन्दै गएको छ । उहाँको मुटुमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा शुक्रबार आकस्मिक शल्यक्रिया गरिएको थियो । डा रत्नमणि गजुरेलको नेतृत्वमा रहेको चिकित्सक समूहले सांसद बडालको स्वास्थ्य परीक्षण गरेको छ । पार्टी…