नेपाल–भारत सीमामा १ सय ७९ नयाँ स्तम्भ निर्माण

काठमाडौँ, २५ जेठ ।  प्रदेश १ स्थित नेपाल– भारत सीमा क्षेत्रमा १७९ वटा नयाँ स्तम्भ निर्माण कार्य सम्पन्न भएको छ । सुनसरी मोरङ र झापामा अझै २४३ स्तम्भ निर्माण गर्न बाँकी छन् । शुक्रबार प्रदेश १ को राजधानी विराटनगरमा सम्पन्न नेपाल–भारत संयुक्त सीमा क्षेत्र सर्वेक्षण फिल्ड सर्भे टिमको दोस्रो बैठकमा यस्तो जानकारी दिइएको हो ।…