काठमाडौँ, २० वैशाख । संवैधानिक परिषद्ले महालेखा परीक्षकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको परिषद्को बैठकले सचिव शर्मालाई सो पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार विगत केही समयदेखि खाली रहेको महालेखा परीक्षक पदमा नियुक्तिका लागि…