नयाँ शक्ति पार्टीको घोषणापत्र सार्वजनिक

काठमाडौँ, १८ वैशाख । नयाँ शक्ति पार्टी, नेपालले स्थानीय तहको निर्वाचनका लागि आर्थिक विकास तथा समृद्धिलाई विशेष प्राथमिकतामा राखेर आज आफ्नो प्रतिबद्धता पत्र घोषणापत्र सार्वजनिक गरेको छ । सो पार्टीले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी समतामूलक समृद्धि, समानुपातिक÷समावेशी÷सहभागितामूलक लोकतन्त्र, सुशासन÷सदाचार, स्वाधीनता÷सदाचार, स्वाधीनता÷सार्वभौमिकता र समुन्नत समाजवादसहित पाँच ‘स’ लाई चुनावी प्रतिबद्धताका रूपमा अघि सारेको जानकारी…