काठमाडौँ, २८ जेठ । गैरसरकारी संस्थाको सहयोगमा गोदावरी नगरपालिका–६ स्थित टीकाभैरबमा रहेको आनन्दवन अस्पतालमा उपचारका साथ इसाई धर्म प्रचार हुनेगरेको छ । द लेप्रोसी मिसन नामक संस्थाको सहयोगमा सन्चालित अस्पतालले इसाई धर्मको प्रचार प्रसार गरिरहेको खुल्न आएको हो । बिरामीलाई औषधिका साथ इसाई धर्मका पुस्तिका दिने र प्रार्थना विधि पनि सिकाउने गरिएको बिरामीहरुले नै बताएका…