ललितपुर, २३ जेठ । ललितपुरमा आमा छोरीको शव झुण्डिएर अवस्थामा फेला परेको छ । बिहीबार महाँकाल गाउँपालिका–४ कालेश्वर बतासे डाँडास्थित जानी शर्मा र उनकी छोरी राधिका शर्माले झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ । मृतक आमा छोरी केही महिना अगाडि मुगुबाट कालेश्वर बसाईं सरेर आएका थिए । आमा छोरी बुधबार नै झुण्डिएको हुन सक्ने प्रहरीले…