तनहुँ, १० वैशाख । सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गएराति २ बजे ना५ख ५३३० नम्बरको बस शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित राजमार्गमा अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । घाइते हुनेमा भारत उत्तर प्रदेश घर भई हाल बागलुङ काठेखोला गाउँपालिका–४ बस्ने य मुनिराम मोहरिया, निजकी…