समाचार

पातञ्जल योग समितिले भक्तपुर जिल्लाका सम्पूर्ण विद्यालयलाई योग वक्तृत्वकला प्रतियोगीता गर्दै



भक्तपुर, ८ जेठ । योग जागरण अभियानमा विद्यालय एवं विद्यालयमा अध्यनरत बालबालिकाहरुलार्इ उच्च प्राथमिकताका साथ संलग्न गराउन पर्छ भन्ने उद्धेश्य हेतु पातञ्जल योग समिति नेपाल जिल्ला शाखा भक्तपुरले २५६३ औ बुद्ध जयन्तीको अवसरमा आगामी ०७६ जेष्ठ ११ गते शनिवारका दिन योग, ध्यानको विषयमा केन्द्रित रहि भक्तपुर जिल्ला भित्रका सामुदायिक एवं नीजि विद्यालयमा अध्ययनरत छात्र÷छात्राहरुका विच अन्तरमावि जिल्ला स्तरीय योग वक्तृत्वकलाको कार्यक्रम गर्ने भएको छ ।

योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष एवं पातञ्जल योग समिति नेपालका प्रमुख अभिभावक बालमुकुन्द सुवालले यस किसिमको प्रतियोगिताबाट बालबालिकाको अन्तष्करणमा योगको विषयमा जिज्ञासु पैदा भैइ खोज तथा अनुसन्धानमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

जिल्ला भित्रका सामुदायिक एवं नीजि विद्यालयका छात्र/छात्राहरु विच “विद्यालयमा योग तथा ध्यानको महत्व र आवाश्यकता”विषयमा वक्तृत्वकला प्रतियोगीताको आयोजन गर्न लागिएको प्रतियोगीता तयारी समितिका सदस्य एवं पातञ्जल योग समिति नेपालका केन्द्रिय सल्लाहाकार लिलानाथ निरौलाले अवगत गराए ।

चाँगुनारायण नगरपालिका वडा नं २, दुवाकोट स्थित गोल्डेन सुनगाभा स्कूलको प्राङ्गणमा विहान ठीक ११ बजेबाट आरम्भ हुने सो प्रतियोगीतामा प्रत्येक विद्यालय बाट १ जना मात्र प्रतियोगीको रुपमा सहभागी हुन सक्ने कार्यक्रम संयोजक राममणि न्यौपानेले जानाकारी गराउनु भयो ।

यो समाचार तयार पारिरहदा ४० विद्यालयले सहभागी प्रतियोगीको नाम आयोजक समितिले निर्धारण गरेको रु ३०० शुल्क बुझाई दर्ता गरेको प्रतियोगीता समितिका सदस्य एवं जिल्ला शाखा सहसचिव श्रृजना मल्ल ठकुरीले वताउनु भयो । यस विषयमा सम्पर्क नं ९८५११७१७३५, ९८५११६०९८०, ९८५११०२६२३ बाट थप जानाकारी लिन सकिने पातञ्जल जिल्ला शाखा भक्तपुरका सचिव बुद्धलक्ष्मी किसीले जानाकारी दिनु भयो ।

प्रतियोगीतामा उत्कृष्ट ४ प्रतियोगीहरुलाई नगद सहित मेडल एव प्रशंसापत्रद्धारा सम्मान गरिने कार्यक्रम रहेको प्रतियोगिता तयारी समितिका सदस्य एवं जिल्ला सदस्य शुरेस थापाले अवगत गराउनु भएको छ ।