बसको ढोकाबाट खस्दा शिक्षकको मृत्यु

बैतडी, ७ वैशाख । विद्यार्थी भर्नाका लागि प्रचारमा गएको बसको ढोकाबाट खसेर एक जना शिक्षकको मृत्यु भएको छ । शनिवार साँझ दार्चुलाको गोकुलेश्वर स्थित चौलानी बोडिङ्ग स्कुलको प्रचारप्रसारमा गएका शिक्षकको महाकाली राजमार्ग अन्तरगत डिलाशैनी गाउँपालिका ६ बाँगावगरमा बसको ढोकाबाट खसेर  मृत्यु भएको हो । गोकुलेश्वर बजारबाट बैतडीको दोगडाकेदार गाउँपालिका सिमानातिर गइरहेको उक्त विद्यालयको सु.प्र ०४,…