काठमाडौँ, २५ फागुन । राष्ट्रिय सभाका सदस्य डा. विमला राई (पौडेल)ले शिक्षालाई गरिवीले छेक्न नसक्ने भन्दै मेहनत र लगाव नै शैक्षिक विकास र समृद्धिको आधार भएको बताउनु भएको छ । शनिवार काठमाडौँमा St. Paul Steiner Academy ले आयोजना गरेको अभिभावक दिवसको अवसरमा बोल्दै सांसद राईले जनचेतना तथा शिक्षाको अभावका कारण पछिल्लो समय देशमा हत्या, हिंसा, बलात्कार जस्ता अपराधिक कृयाकलापहरु…