स्काईभेटर सडकबाट खस्दा चालकको मृत्यु

संखुवासभा, १० चैत । संखुवासभाको सभापोखरी गाँउपालिका–४ खेवरिङमा स्काईभेटर सडकबाट खस्दा चालकको मृत्यु भएको छ । आइताबार बिहान डक खन्दै गरेको स्काईभेटरको माथिबाट खसेको ढुंगाले उक्त स्काइभेटरलाई उछिट्याउँदा स्काईभेटर करिब ३० मिटर खस्दा चालक सिन्धुपाल्चोक जुगल गाँउपालिका–१ का २० वर्षीय पतरुस श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाइएको छ ।