काठमाडौँ, ४ फागुन । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले नागढुङ्गामा आज गरेको छुट्टाछुट्टै चेकजाँचका क्रममा लागुऔषधसहित ललितपुरका साजन थापा र विनोद खड्गी तथा काठमाडौँका सुन्दर खड्कालाई पक्राउ गरेको हो । वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना५ख २९७ नं.को यात्रुवाहक बसमा थापा र खड्गी तथा हेटौँडाबाट काठमाडौँ आउँदै…