महिला हत्याको आरोपमा साह चार वर्षपछि पक्राउ

पर्सा, १९ माघ । महिला हत्याको आरोप लागेका अकलेश साहलाई चारवर्ष पछि प्रहरीले पक्राउ गरेको छ । जिल्लाको छिपहरमाई गाउँपालिका– ४ बस्ने २३ वर्षीय राजा साहतेली भनिने साहलाई प्रहरीले चार वर्षपछि शुक्रबार पक्राउ गरेको हो । बागलुङ जिल्लाको साविक तित्याङ गाउँ विकास समिति–६ घर भई पर्वत कुश्मा नगरपालिका–८ भण्डारीटोलमा बस्दै आउनुभएकी ३० वर्षीया विष्णु परियारलाई…